देश

भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली



काठमाडौँ, १४ भदौ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार गएको बाढीले ठूलो जनधनको पुर्‍याएकाले यस अवस्थालाई राष्ट्रिय शोक र पीडाको विषयका रूपमा लिनुपर्ने बताउनुभएको छ । बाढीपछिको अवस्थाबारे नुवाकोटको विदुर, देवीघाटलगायत क्षेत्रमा एमालेमा महासचिव शङ्कर पोखरेलसहितको टोलीको स्थलगत अनुगमनबाट तयार गरिएको प्रतिवेदन आज बुझ्दै अध्यक्ष ओलीले सो क्षेत्रमा पुनःनिर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री ओलीले विपद्को समयमा तीनै तहका सरकारको सामथ्र्य प्रभावकारी हुनुपर्नेमा जोड दिँदै विपत्तिका नाममा राजनीतिक लाभ वा श्रेयय लिने प्रयास र होडबाजी नगर्न सबै पक्षलाई आग्रह गर्नुभयो । महासचिव पोखरेलको नेतृत्वमा प्रभावित क्षेत्रमा टोली पठाएर स्थलगत अवस्थाको अध्ययन गरेको बताउँदै उहाँले अब बागमती प्रदेश कमिटीले प्रभावित जिल्लाबीच समन्वय गरेर पार्टीका तर्फबाट राहत, उद्धार र पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेश इञ्चार्ज महेश बस्नेतको नेतृत्वमा एमाले केन्द्रीय कार्यालयमा सम्पर्क केन्द्र स्थापना गरी पार्टीका तर्फबाट राहत तथा पुनःस्थापनाका काममा समन्वय गर्न सुझाव दिनुभयो ।

प्रकाशित : १४ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६