ब्रेकिंग न्युज

खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह



बागमती, २० भदौ

जिल्ला प्रशासन कार्यालय मकवानपुरले नागरिकको खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन सरोकार भएका सबैमा आग्रह गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड बाढीपहिरोका कारण अवरुद्ध भएपछि त्रिभुवन राजपथ र कान्ति राजमार्गबाट यातायात सञ्चालन भइरहेका अवस्थामा प्रशासनले ती राजमार्ग तथा वैकल्पिक मार्गअन्तर्गतका सडक छेउछाउ तथा बजारमा खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन आग्रह गरेको हो । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जारी गर्नुुभएको सूचनामा राजमार्ग आसपासका होटेल, रेस्टुरेन्ट, पसल तथा केही व्यवसायीबाट नागरिकको खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारको बेवास्ता गर्दै यात्रुहरूसँग फरक परिस्थितिको फाइदा उठाउन चर्को मूल्य असुली गर्ने, मूल्य सूची नराख्ने, मापदण्डविपरीत तथा अखाद्य र अस्वस्थ खानेकुरा बिक्रीवितरण गर्नेलगायत गुनासो प्राप्त भएको उल्लेख गरिएको छ । प्रशासनले सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जाने र कान्ति राजमार्ग हुँदै फर्किने, साना यात्रुवाहक सवारीसाधन भीमफेदी–कुलेखानीको बाटो काठमाडौँ आवतजावत गर्ने व्यवस्था मिलाएको छ । व्यवसायी/विक्रेतालाई त्यस्तो नगर्नुहुन तथा त्यस्तो गतिविधि गरेको पाइए प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने गरिने उल्लेख गर्दै प्रशासकीय अधिकृत सुवेदीले यात्रु तथा उपभोक्ताले पनि विल/रसिद लिएर मात्र भुक्तानी गर्ने, मूल्य सूची जाँच गर्ने र अनियमितता/कैफियत देखिएमा तत्काल नजिकको प्रहरी चौकी वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन पनि सबैमा अनुरोध गर्नुभयो ।

प्रकाशित : २० भाद्र २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६