ब्रेकिंग न्युज

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद



काठमाडौँ, २० भदौ

सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब रु दुई करोड ४० लाख बराबरको ‘एप्पल एयर वर्डस’ (एप्पल कम्पनीले निर्माण गरेको बिना तारको एयरफोन) बरामद गरेको छ । अवैधतरिकाले नेपालतर्फ ल्याउँदै गरेको एक हजार २०० थान एयर वर्डस सशस्त्र प्रहरी बल नेपाल नं ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोष्ट खैरवनीले संयुक्त रूपमा बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्ति भने सशस्त्रको गस्ती टोलीलाई देख्नासाथ फरार भएका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । बरामद सामग्री सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ ।

प्रकाशित : २० भाद्र २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६