ब्रेकिंग न्युज

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह



कञ्चनपुर, २१ भदौः

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा चाँदनी, भीमदत्त र बेदकोट नगरपालिकामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै कञ्चनपुरका तीन पालिकामा भारी वर्षाको सम्भावना रहेकाले तयारी अवस्थामा रहन र सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले स–साना नदीहरुमा पानीको बहाव उलेख्य बढ्ने जोखिम कायम रहेको जनाएको छ । बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्याक्ति सुनिल चन्दले पालिका पूर्वतयारी अवस्थामा रहेको जानकारी दिनुभयो । “नगर प्रहरी, वडाध्यक्षलाई तयारी अवस्थामा रहन भनेका छौँ”, उहाँले भन्नुभयो, “आवश्यक सामग्री तयारी अवस्थामा राखेका छाँै ।” दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले पूर्वतयारी अवस्थामा रहेको जानकारी दिनुभयो । मौसम पूर्वानुमान महाशाखाले सरोकारवाला निकायलाई नदीको निगरानी बढाउन, स्थानीय तह तथा समुदायलाई सूचित गराउने र आवश्यक तयारी सुरु गर्न सूचना जारी गरेको छ । कञ्चनपुरमा आज बिहानैदेखि अविरल वर्षा भइरहेको छ । महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल–भारत जोड्ने वनवासास्थित शारदा व्यारेजमा आवागमनमा रोक लगाएको छ । इलाका प्रहरी कार्यालय ड्डाचौकीका प्रमख जीवन गुरुङले साँझ ५ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव प्रति सकेन्ड एक लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा सुरक्षाको कारण देखाउँदै चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएको छ । –––

प्रकाशित : २१ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६