बागमती

भोटेकोशी बाढीः शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै



काठमाडौँ, २१ भदौ

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा परेर घाइते भएकामध्ये २१ जनाको महारजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता, डा गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये २१ जनाको उपचार भइरहेको जानकारी दिनुभयो । उक्त अस्पतालबाट हाल उपचार गरेर ५५ जना घर फर्किएका छन् । चार जना अस्पतालमा आएर अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डा सेढाईंले बताउनुभयो । उक्त अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् । –––

प्रकाशित : २१ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६