कर्णाली

रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात



कर्णाली, २१ भदौः

रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीका कारण कर्णाली प्रदेशका अझै १६८ व्यक्तिको अवस्था अझै अज्ञात रहेको छ । भोटेकोशी बाढीमा परेर कर्णाली प्रदेशका १० जिल्लाका २४८ जना सम्पर्कविहीन भएकामध्ये ७८ जना सम्पर्कमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । बाढीबाट दुई जनाको मृत्यु भएको उहाँले बताउनुभयो । मृत्यु हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–२ का नहकुल शर्मा हुन् । उहाँ रसुवा भन्सार कार्यालयका अधिकृत हुनुहुन्थ्यो । गोरखामा शव भेटिएका शर्माको काठमाडौँ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । त्यस्तै, सल्यानको बागचौर नगरपालिका–१० पीपलनेटाका २० वर्षीय आयुष खड्काको पनि बाढीबाट मृत्यु भएको छ । प्लान्ट क्वारेन्टाइन टिमुरेमा खरिदार पदमा कार्यरत उहाँको चितवन देवघाटमा दाहसंस्कार गरिएको छ । कर्णाली प्रदेश प्रहरीले उपलब्ध गराएको विवरणअनुसार अज्ञात अवस्थामा हुनेमा सबैभन्दा धेरै जुम्लाका ६३ जना छन् । यस्तै सल्यानका ५१, सुर्खेतका १५, मुगुका ११, रुकुम पश्चिमका सात, हुम्ला र कालीकोटका छ÷छ, दैलेखका पाँच तथा जाजरकोट र डोल्पाका दुई÷दुई जनाको अवस्था अज्ञात रहेको प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताउनुभयो । अज्ञात अवस्था रहेकामा १३४ पुरुष, २६ महिला तथा आठ बालबालिका रहेका छन् ।

प्रकाशित : २१ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६