ब्रेकिंग न्युज

भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग



तौलिहवा (कपिलवस्तु), २२ भदौ :

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि कपिलवस्तुका छ स्थानीय तहले रु दुई करोड २५ लाख १३ हजार सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । केही पालिकाले रकम जम्मा गरिसकेका छन् भने केहीले जम्मा गर्ने निर्णयमात्र गरेका छन् । कपिलवस्तु नगरपालिकाले रु ५१ लाख ११ हजार, वाणगङ्गा नगरपालिकाले रु ४५ लाख, बुद्धभूमि नगरपालिकाले रु ४३ लाख ४५ हजार, महाराजगञ्ज नगरपालिकाले ३७ लाख र शिवराज नगरपालिकाले रु ३८ लाख ५७ हजार सहयोग गर्ने निर्णय गरेका छन् । विजयनगर गाउँपालिकाले १० लाख रुपियाँ कोषमा जम्मा गरिसकेको जनाइएको छ । पालिकाहरूले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकसमेतको सहभागितामा सहयोग रकम जुटाएका हुन् । विपद्का बेला स्थानीय तहले आफ्नो क्षेत्रभन्दा बाहिरका प्रभावित नागरिकका लागि सहयोग गर्ने क्रम बढेको छ । बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले वाडी पीडितलाई राहत, उपचार, मनोपरामर्श संगै पुनः निर्माणमा जोड दिनुपर्ने समय रहेको बताउनु भयो । बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बाढीपीडितको उद्धार, घाइतेको उपचार, बेपत्ताको खोजी तथा प्रभावितको पुनःस्थापनामा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले स्थानीय सरकारले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । कपिलवस्तुका अन्य चार स्थानीय तहले बाढी प्रभावितका लागि सहयोग गर्ने तयारी गरेका छन् । यसैगरी जिल्लाका उद्योगी, व्यवसायी, सामुदायिक वन, विद्यालय तथा समाजसेवीले समेत उद्धार कोषमा रकम जम्मा गरी सहयोग गर्ने क्रम जारी राखेका छन् । जिल्लाको अन्य संघ संस्था एवम् व्यपारी तथा व्यक्तिहरुले सहयोग गर्ने क्रम जारी नै रहेको छ ।

प्रकाशित : २२ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६