देश

नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित



काठमाडौँ, २२ भदौः

पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) २०२६ मा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित हासिल गर्ने क्रममा उसले आज मधेस वारियर्सलाई ३-१ को सेटको अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा अन्नपूर्णले पहिलो सेट १६-२५ ले जित्दै अग्रता लिएको थियो । दोस्रो सेटमा भने मधेस वारियर्स ३१-२९ ले विजयी भयो । तेस्रो र चौथो सेटमा मधेस क्रमशः २२-२५ र २१-२५ ले पराजित भयो । मधेसले पहिलो खेलमा सगरमाथा स्म्यासर्सविरुद्ध ३-१ को पराजय व्यहोरेको थियो भने दोस्रो खेलमा काठमाडौँ रेड्सविरुद्ध ३-२ ले पराजित भएको थियो । पहिलो खेलमा कर्णाली शिवराजविरुद्ध ३-१ ले पराजय व्यहोरेको अन्नपूर्णले दोस्रो र तेस्रो खेलमा भने लगातार जित हासिल गरेको छ । उसले आइतबार काठमाडौँ रेड्सलाई ३-० को सोझो सेटमा हराएको थियो । छ टोलीले प्रतिस्पर्धा गरिरहेको एनभिएल २०२६ सिङ्गल राउन्ड रोबिन लिग पद्धतिअनुसार सञ्चालन भइरहेको छ । भदौ २७ गतेसम्म सञ्चालन हुने लिगको विजेता टोलीले रु २० लाख पाउने आयोजक केडिया ग्रुपले जनाएको छ ।

प्रकाशित : २२ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६