ब्रेकिंग न्युज

प्रज्ञा-प्रतिष्ठानद्वारा जेनजी लेखकलाई सिर्जनात्मक रचना उपलब्ध गराउन आह्वान



काठमाडौँ, २३ भदौ

नेपाल प्रज्ञा-प्रतिष्ठानले जेनजी पुस्ताका लेखकलाई सिर्जनात्मक रचना आह्वान गरेको छ । प्रतिष्ठानको आयोजनामा साहित्यप्रति नवपुस्ताको अभिरुचि, सिर्जनशीलता र मौलिक लेखन प्रोत्साहन गर्ने उद्देश्यले ‘जेनजी’ उमेर समूहका लेखकका पुस्तक प्रकाशन गर्न लागिएकाले कथा, कविता र संस्मरण विधामा रचना उपलब्ध गराउन आह्वान गरिएको हो । सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएका (जेनजी उमेर समूहका) नेपाली नागरिकले रचना पठाउनुपर्ने प्रतिष्ठानका सचिव रोशन शेरचनले राससलाई जानकारी दिनुभयो । रचना अप्रकाशित, नेपाली भाषामा हुनुपर्ने पनि उहाँले बताउनुभयो । उहाँका अनुसार कथा र संस्मरण अधिकतम् पाँच हजार शब्दसम्मको हुनुपर्नेछ । एक लेखकले कुनै एक विधामा एउटा मात्रै रचना पठाउनुपर्नेछ । रचना [email protected] मा पठाउन सकिने प्रतिष्ठानले आज जारी गरेको सूचनामा उल्लेख छ । रचना आगामी कात्तिक ३० गतेसम्म पठाइसक्नुपर्ने सचिव शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार रचनासँगै लेखकको नाम, जन्ममिति खुल्ने कागजात (नागरिकताको प्रतिलिपि), सम्पर्क नम्बर, हालको ठेगाना र सङ्क्षिप्त परिचय (बढीमा १०० शब्द) अनिवार्य संलग्न गर्नुपर्नेछ । प्रज्ञा-प्रतिष्ठानको छनोट समितिले छनोट गरेका रचनालाई पुस्तकारका रूपमा प्रकाशन गर्नेछ । छनोट भएका रचनाका लागि नियमानुसार पारिश्रमिकको व्यवस्था पनि गरिएको प्रज्ञा–प्रतिष्ठान जनाएको छ ।

प्रकाशित : २३ भाद्र २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६