ब्रेकिंग न्युज

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट



काठमाडौँ, २४ भदौः

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलङ्का सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो । सो अवसरमा राजदूत डेल्पिटियाले बाढीका कारण भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलङ्का सरकार र जनताको तर्फबाट दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभयो । उहाँले बाढीप्रभावित क्षेत्रमा जारी मानवीय सहायता तथा राहत प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले श्रीलङ्का सरकारबाट प्रदान गरिएको आर्थिक सहयोग परराष्ट्रमन्त्री खनाललाई हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा परराष्ट्रमन्त्री खनालले विपद्को यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गर्नुका साथै राहत तथा मानवीय प्रयासका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति गहिरो कृतज्ञता व्यक्त गर्नुभयो । मन्त्री खनालले श्रीलङ्काको सहयोगले नेपाल र श्रीलङ्काबीच रहेको गहिरो मित्रता, पारस्परिक सहयोग र सहकार्यलाई प्रतिविम्बित गरेको बताउनुभयो । साथै, विपद्को समयमा श्रीलङ्काले देखाएको सद्भाव र सहयोगका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । —

प्रकाशित : २४ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६