ब्रेकिंग न्युज

राष्ट्रियसभाः विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस



काठमाडौँ, २४ भदौ

राष्ट्रियसभाको आजको बैठकमा “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३” सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ । समितिका सभापति कृष्णबहादुर रोकायले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफबार छलफलसहितको प्रतिवेदन बैठकमा पेस गर्नुभयो । बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्का सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते बिहीबार १ः१५ मिनेटमा बस्ने छ । –––

प्रकाशित : २४ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६