ब्रेकिंग न्युज

कल्याणेश्वर महादेव मन्दिरद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग



बाणगंगा–७, बनगाई २४ भदौं

विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व प्रति ऐक्यबद्धता जनाउँदै कपिलवस्तुको बाणगंगा नगरपालिका–७, बनगाईस्थित कल्याणेश्वर महादेव मन्दिरको तर्फबाट प्रधानमन्त्री राहत कोषमा रु. २,७१, १७१ जम्मा गरिएको आर्थिक समितिका संयोजक मान बहादुर कार्कीले बताउनु भयो ।


हालैको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले मन्दिरको तर्फबाट उक्त रकम राहत कोषमा योगदान गरिएको हो। विपद्मा परेका नागरिकको पीडामा साथ दिन धार्मिक तथा सामाजिक संस्थाहरूले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने सन्देश सहित मन्दिरको तर्फबाट सहयोग गरिएको मन्दिरका अध्यक्ष शिवचन्द्र आचार्यको भनाई रहेको छ ।
प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको उक्त रकम बाढी प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ। विपद्को समयमा गरिएको यस्तो सहयोगले पीडित नागरिकलाई राहत पु¥याउनुका साथै समाजमा मानवीय संवेदना, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना बलियो बनाउने विश्वास स्थानियबासी काशिराम दोमासेको भनाई रहेको छ ।
कल्याणेश्वर महादेव मन्दिरको यो सहयोगले धार्मिक आस्था सँगै सामाजिक सेवाको दायित्वलाई समेत जोड दिदै विपदमा राज्यको प्रयाससँगै समुदाय, धार्मिक संस्था, सामाजिक संघ संस्था तथा नागरिकको सहकार्य आवश्यक हुने भएकाले यस्तो योगदानलाई मानवीय ऐक्यबद्धताको सकारात्मक उदाहरणका रूपमा लिन सकिने पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष एवम् स्थानियबासी डिलाराम भुसालको भनाइ रहेको छ।

प्रकाशित : २४ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६