ब्रेकिंग न्युज

प्रतिभा सामुदायिक वनको ११औँ साधारण सभा सम्पन्न, १ करोड २ लाखको बजेट पारित



बाणगंगा–२, लखनपारा २४ भदौं

बाणगंगा नगरपालिका–२, लखनपारास्थित प्रतिभा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८३÷०८४ का लागि अनुमानित १ करोड २ लाख रुपैयाँको बजेट सहित वार्षिक कार्ययोजना सर्वसम्मत रूपमा पारित गरेको हो।
सामुदायिक वनको संरक्षण, व्यवस्थापन, विकास तथा उपभोक्ताको हितलाई केन्द्रमा राख्दै तयार गरिएको वार्षिक कार्ययोजनालाई साधारण सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको जनाइएको छ। वन संरक्षणसँगै उपभोक्ताको आर्थिक तथा सामाजिक हितमा योगदान पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ।


साधारण सभामा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जङ्गबहादुर यादव सहित कार्यसमिति, उपभोक्ता तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा समयमै साधारण सभा आयोजना गरी संस्थाको वार्षिक योजना, बजेट तथा आगामी कार्यक्रमबारे उपभोक्ताबीच छलफल गर्ने अवसर प्रदान गरिएकोमा कार्यसमिति तथा सम्पूर्ण उपभोक्ताप्रति धन्यवाद व्यक्त गरिएको छ।


सामुदायिक वनको दिगो संरक्षण र उपभोक्ताको हितका लागि साधारण सभाबाट पारित कार्ययोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइएको छ। वन संरक्षण, पारदर्शी व्यवस्थापन र उपभोक्ताको सहभागिता मार्फत सामुदायिक वनलाई थप प्रभावकारी र नमुना बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख बाणगंगा नगरपालिका वडा नं. २ का अध्यक्ष एवम् नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले सभाले पारित गरेको वार्षिक कार्ययोजनाले वन संरक्षणसँगै स्थानीय उपभोक्ताको आवश्यकता सम्बोधन गर्दै सामुदायिक विकासमा समेत योगदान पु¥याउने विश्वास ब्यक्त गर्नु भएको छ । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी सव डिभिजन बन कार्यालय पिपराका डिभिजन प्रमुख दिनेश जैयसवालले बन संरक्षण केन्द्रित सामुदायिक बनको वार्षिक कार्ययोजनाको सफल कार्यान्वयनमा जोड दिनु भयो ।

प्रकाशित : २४ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६