ब्रेकिंग न्युज

युनाइटेड स्टुडेन्ट्स एकेडेमीद्वारा बाढीपीडितका लागि १ लाख ५ हजार बढी सहयोग



कपिलवस्तु २५ भदौं

कपिलवस्तुको बाणगंगा–८, चप्परगाउँमा अवस्थित युनाइटेड स्टुडेन्ट्स एकेडेमी सेकेन्डरी स्कुलले बाढी प्रभावित परिवारहरूको राहतका लागि एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग संकलन गरेको जनाएको छ। भदौ १० गते आएको अकल्पनीय बाढीका कारण प्रभावित भएका परिवारहरूलाई मानवीय सहायता पु¥याउने उद्देश्यले विद्यालय परिवारले सो रकम संकलन गरेको विद्यालयले जनाएको छ ।

विद्यालय प्रशासनका अनुसार शिक्षक, प्रतिनिधि तथा विद्यार्थीहरूको संयुक्त र स्वेच्छिक सक्रियतामा कुल रु. १,०५,५५५ (अक्षरेपीः एक लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) संकलन गरिएको हो ।सामाजिक उत्तरदायित्वमा विद्यालयको अग्रसरता“शिक्षा, संस्कार र अनुशासन हाम्रो पहिचान“ भन्ने मूल नाराका साथ स्थापित यस एकेडेमीले प्राज्ञिक कार्यका अतिरिक्त सामाजिक संकटमा पनि अग्रसरता देखाउँदै आएको छ। विपद्को यस कठिन समयमा पीडित परिवारप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व स्वरूप सो रकम संकलन गरेको विद्यालयका अध्यक्ष सरोज खनालले बताउनु भयो । संकलित उक्त रकम बाढीबाट अति प्रभावित परिवारहरूको तत्कालीन राहत र पुनस्र्थापनाका लागि उपयोग गरिने विद्यालय परिवारले उल्लेख गरेको छ।

प्रकाशित : २५ भाद्र २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६