देश

झापा जिल्ला प्रशासनमा ‘शून्य बाँकी आवेदन अभियान’



झापा, २८ भदौ

जिल्ला प्रशासन कार्यालय झापाले ‘पालो आवेदन शून्यमा झार्ने’ अभियानअन्तर्गत सार्वजनिक बिदाका दिनसमेत राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा प्रदान गर्ने भएको छ । अनलाइन आवेदन फाराम भरेर बायोमेट्रिक र अन्य प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले आगामी असोज १५ गतेसम्म ‘शून्य बाँकी आवेदन अभियान’ सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । अभियानअन्तर्गत कार्यालयले दैनिक बिहान ७ः०० साँझ ६ः०० बजेसम्म सेवा प्रदान गर्ने र सार्वजनिक बिदामा समेत सेवा प्रवाह नरोकिने जनाएको छ । हाल कार्यालयमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवा लिने सेवाग्राहीको चाप छ । पालो पर्खिरहेका आवेदक शून्य बनाउने अभियानको लक्ष्य रहेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै अनलाइन आवेदन गरी पालो पर्खिरहेका सम्पूर्ण सेवाग्राहीलाई आवश्यक सक्कल कागजातसहित अभियान अवधिमा कार्यालयमा आएर सेवा लिन आग्रह गरेको छ । –––

प्रकाशित : २८ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६