देश

तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन



काठमाडौँ, २९ भदौ

प्रथम महिला सविता पौडेलले नेपाली नारीहरूको विशेष पर्व हरितालिका (तीज) को अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना एवं दर्शन गर्नुभएको छ । पशुपतिनाथ मन्दिरमा उहाँले आराध्यदेव भगवान् श्री पशुपतिनाथको विधिपूर्वक पूजाअर्चना एवं दर्शन गरी नाथका मूल अर्चक गणेश भट्टबाट टीका एवं फूलप्रसाद ग्रहण गर्नुभएको थियो । पूजा, आराधना एवं दर्शनका लागि प्रथम महिला पौडेल पशुपति क्षेत्र पुग्नुहुँदा उहाँलाई पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद्का सदस्यहरू कोषको कर्मचारीले स्वागत गर्नुभएको थियो । तीज पर्वका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपति क्षेत्रमा व्रतालु महिलाको लाम लागेको छ । बिहान १० बजेसम्म व्रतालुको लाम कम थियो भने १० बजेपछि लाम बढेको हो । अपराह्नपछि भक्तजन अझै बढेका छन् ।

प्रकाशित : २९ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६