बिजनेस

कृषि, पर्यटन र सुशासन मार्फत कपिलवस्तुको समृद्धिको खोजी



कपिलवस्तु ३१ भदौं

कृषि, पर्यटन, सेवा क्षेत्रको विकास तथा स्थानीय तहमा सुशासन कायम गर्दै कपिलवस्तुलाई समृद्ध बनाउने विषयमा केन्द्रित ‘समृद्धि यात्रा’ कार्यक्रम तौलिहवा स्थित होटल तिलौराकोटमा सम्पन्न भएको छ।
कार्यक्रममा कपिलवस्तुको आर्थिक विकासका सम्भावना, स्थानीय स्रोतको सदुपयोग, उद्यमशीलता, पर्यटन प्रवद्र्धन र सार्वजनिक सेवाको प्रभावकारिता लगायत विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, शैक्षिक क्षेत्र, उद्यमशीलता तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए। छलफलमा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, प्याब्सनका केन्द्रीय सदस्य तथा लुम्बिनी भिजन क्याम्पसका क्याम्पस प्रमुख सुन्दर पाण्डे, युवा व्यवसायी आशिष शर्मा र पर्यटन क्षेत्रका जानकार तथा लुम्बिनी विकास कोषका निवर्तमान सदस्य गोपीकृष्ण शर्मा सहभागी भएका थिए। कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले गरेका थिए।
कार्यक्रममा कपिलवस्तुलाई समृद्ध बनाउन जिल्लामा उपलब्ध अवसर र सम्भावनाको पहिचान गरी तिनको प्रभावकारी उपयोग गर्नुपर्ने विषयमा छलफल केन्द्रित रहेको सहभागी सुन्दर पाण्डेले बताए।
उनका अनुसार जिल्लाका अवसर, चुनौती तथा समाधानका उपायबारे व्यापक विचारविमर्श गरिएको थियो। कृषि, पर्यटन र सेवा क्षेत्रलाई आर्थिक विकाससँग जोड्दै स्थानीयस्तरमै रोजगारी तथा उद्यमशीलताको वातावरण निर्माण गर्नुपर्ने विषय छलफलको महत्वपूर्ण पक्ष बनेको थियो।
समृद्धि यात्राले विकासलाई भौतिक पूर्वाधार निर्माणमा सीमित नगरी सुशासन, जनउत्तरदायी सेवा, उद्यमशीलता र स्थानीय सहभागितासँग जोड्नुपर्ने सन्देश दिएको छ।
स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाह कायम गर्न सके नागरिकको विश्वास बढ्ने तथा विकासका गतिविधिले अपेक्षित परिणाम दिन सक्ने विषयमा जोड दिइएको थियो। कार्यक्रम नेपाल लिडको आयोजनामा सम्पन्न भएको हो ।

प्रकाशित : ३१ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६