ब्रेकिंग न्युज

एमाले कपिलवस्तुको सचिवालय बैठकबाढीपीडितलाई सहयोगदेखि जनप्रतिनिधिमाथि कारबाही सिफारिस



कपिलवस्तु, १ असोज

नेकपा (एमाले) कपिलवस्तु जिल्ला सचिवालयको १३औँ बैठक तौलिहवामा सम्पन्न भएको छ। बैठकले पार्टी जागरण अभियानको समीक्षा, भोटेकोशी बाढीपीडितलाई सहयोग, पार्टी सदस्यता नवीकरण तथा संविधान दिवस मनाउने लगायतका विषयमा महत्वपूर्ण निर्णय गरेको छ।


बैठकमा एमाले केन्द्रीय सदस्य गिरधारीलाल न्यौपाने, पूर्व पोलिटब्युरो सदस्य बिमला घिमिरे, केन्द्रीय निर्वाचन आयोगका सदस्य झविलाल पोखरेल,

लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य डम्बर शर्मा लगायतले मन्तब्य राख्नु भएको थियो ।

जनप्रतिनिधिमाथि कारबाहीका लागि केन्द्रमा सिफारिस
बैठकले विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरी र वडा नम्बर ५ का अध्यक्ष अनवर मुसलमानलाई पार्टीबाट कारबाही गरी जनप्रतिनिधिको जिम्मेवारीबाट समेत मुक्त गर्न पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ।
जिल्ला अध्यक्ष बाबुराम खनालले बैठकको निर्णयबारे जानकारी दिँदै दुवै जनप्रतिनिधिमाथि कारबाहीका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय भएको बताउनुभयो।


बाढीपीडितलाई सहयोग र संविधान दिवस मनाउने निर्णय
बैठकले भोटेकोशी बाढीपीडितलाई सहयोग पु¥याउने विषयमा समेत निर्णय गरेको छ। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएकाले पार्टीका तर्फबाट राहत तथा सहयोगका प्रयास अघि बढाउने विषयमा बैठक केन्द्रित भएको जनाइएको छ।
त्यस्तै, पार्टी सदस्यता नवीकरणका विषयमा छलफल गर्दै संगठनलाई व्यवस्थित र सक्रिय बनाउने विषयमा पनि बैठकमा विचारविमर्श गरिएको छ।
आगामी असोज ३ गते मनाइने संविधान दिवसलाई भव्य रूपमा मनाउने निर्णय समेत बैठकले गरेको छ। संविधान दिवसका अवसरमा पार्टीका गतिविधि सञ्चालन गरी संविधानको महत्व, लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक अधिकारबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको एमालेले जनाएको छ।

जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता, उपाध्यक्ष शंकर पाण्डेको स्वागत मन्तव्य तथा जिल्ला सचिव सिवी गहतराजको सञ्चालनमा बैठक सम्पन्न वैठकमा प्रदेश कमिटी सदस्यहरू खुमप्रसाद आचार्य, बाबुराम आचार्य र गोपाल थापा लगायतका नेताहरूको आतिथ्यता रहेको एमाले कपिलवस्तुले जनाएको छ।

प्रकाशित : १ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६