ब्रेकिंग न्युज

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार हो’



दाङ, ३ असोजः

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएको बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले संवैधानिक अधिकारको कार्यान्वयन तथा पूर्ण परिपालनामा जोड दिनुभएको छ । संविधानका उपलब्धिको रक्षासँगै उहाँले संविधानको मर्मअनुरूप अघि बढ्न राष्ट्रिय एकता, सहकार्य आवश्यक भएको बताउनुभएको छ । सन्देशमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार संविधानप्रदत्त अधिकारको कार्यान्वयन, सङ्घीयताको सुदृढीकरण र नागरिक केन्द्रित सेवाका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । –––

प्रकाशित : ३ आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६