ब्रेकिंग न्युज

जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित



काठमाडौँ, ३ भदौः

नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले जेसिके फाइट नाइट–१२३ मा जित हात पारेका छन् । चीनको शान्सी प्रान्तको लुलियाङमा आज भएको बान्टमवेट प्रतिस्पर्धामा आङदेम्बेले घरेलु खेलाडी बुहुओगुबुलाई पराजित गरेका हुन् । तीन राउन्डको खेलमा आङदेम्बेले तीनवटै राउन्ड आफ्नो पक्षमा पार्दै सर्वसम्मत निर्णयमा जित निकाले । खेलको सुरुआतदेखि नै उनले बुहुओगुबु माथि दबाब कायम राखेका थिए । यो जितसँगै आङदेम्बेको व्यावसायिक एमएमए करियरमा जित सङ्ख्या नौ पुगेको छ । उनले हालसम्म तीन खेलमा मात्र हार व्यहोरेका छन् । —

प्रकाशित : ३ आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६