शान्ति–सुरक्षा, चोरी–निकासी नियन्त्रण तथा लागूऔषध न्यूनीकरणमा समन्वय आवश्यक
कपिलवस्तु ४ असोज
उद्योग व्यापार संघ कपिलवस्तुले शान्ति–सुरक्षा सुदृढीकरण तथा सामाजिक सुरक्षाका विषयमा प्रहरी प्रशासन र निजी क्षेत्रबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिएको छ।
संघको नियमित बैठकका अवसरमा इलाका प्रहरी कार्यालय पिपरामा हालै सरुवा भई आउनु भएका कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक कालिका कार्कीलाई स्वागत तथा सम्मान गर्दै उद्योगी व्यवसायीले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा क्षेत्रको शान्ति–सुरक्षा तथा अमनचयन कायम गर्ने, चोरी–निकासी तथा पैठारी नियन्त्रण गर्ने र लागूऔषध दुव्र्यसन न्यूनीकरण गर्न प्रहरी प्रशासन, उद्योग–व्यवसायी तथा स्थानीय समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको विषयमा छलफल भएको थियो।
उद्योग व्यापार संघ कपिलवस्तुले सुरक्षित व्यावसायिक वातावरण निर्माणका लागि प्रहरी प्रशासन र निजी क्षेत्रबीच नियमित संवाद तथा सहकार्यलाई प्राथमिकता दिनुपर्ने आफुहरुको जोड रहेको संघका अध्यक्ष टोपनारायण बेल्बासेले बताउनु भयो ।
सुरक्षित समाज र व्यवसायमैत्री वातावरण निर्माणका लागि सुरक्षा निकाय तथा निजी क्षेत्रबीचको सहकार्यले स्थानीय आर्थिक गतिविधि, लगानीको वातावरण र नागरिक सुरक्षामा सकारात्मक योगदान पु¥याउन ईलाका प्रहरी कार्यालयको महत्वपूर्ण भूमिका रहने अपेक्षा राखिएको छ ।









प्रतिक्रिया