देश

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ



काठमाडौँ, ४ असोजः

प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब दुई हजार १०३ किलोसहित दुई जनालाई पक्राउ गरेको छ । डाक्नेश्वरी-६ का ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मङ्गल मुखियालाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीले लागुऔषध लुकाइ राखिएको भन्ने विशेष सूचना पाएपछि भोला र मङ्गलको घर तलासी गर्दा उक्त मात्रामा गाँजा जस्तो देखिने पदार्थ फेला पारी निजहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । —

प्रकाशित : ४ आश्विन २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६