ब्रेकिंग न्युज

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल



काठमाडौँ, २१ असोजः

नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न २० अनुसन्धान परियोजनाका अवधारणापत्रमाथि छलफल गरेको छ । प्रतिष्ठानले आयोजना गरेको दुईदिने कार्यशालामा अनुसन्धान परियोजनाका अवधारणापत्र प्रस्तुत गरी सरोकारवालाबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिएको हो । कार्यशालामा प्रतिष्ठानका अनुसन्धानकर्ताका साथै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग तथा सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको सहभागिता थियो । प्रतिष्ठानका अनुसन्धाताले प्रस्तुत गरेका अवधारणापत्रमाथि सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधि, प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख र विषयगत विज्ञ अनुसन्धाताले सुझाव दिएका थिए । प्राप्त सुझावका आधारमा अनुसन्धानका अवधारणापत्रलाई थप परिमार्जन र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । कार्यशालाको मुख्य उद्देश्य अनुसन्धानलाई नेपाल सरकारका आवश्यकता, सम्बन्धित क्षेत्रका विद्यमान नीति, अभ्यास तथा प्राथमिकतासँग थप सान्दर्भिक बनाउनुका साथै अनुसन्धानबाट प्राप्त निष्कर्षलाई नीतिनिर्माण प्रक्रियामा उपयोगी बनाउन सरोकारवालाको पृष्ठपोषण लिनु रहेको प्रतिष्ठानले जनाएको छ । –––

प्रकाशित : २१ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६