ब्रेकिंग न्युज

प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता



काठमाडौँ, २१ असोज

बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोकराज सिग्देलले आज बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ सर रोली वाकरसँग भेटवार्ता गर्नुभएको छ । सर वाकरको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी औपचारिक भ्रमणका लागि प्रधान सेनापति सिग्देल गत सोमबार बेलायत प्रस्थान गर्नुभएको थियो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार प्रधान सेनापति सिग्देल र बेलायती सेनाका चिफ अफ द जनरल स्टाफबीच आज भएको भेटमा आपसी हित र नेपाल बेलायत सैनिक सम्बन्धका बारेमा कुराकानी भएको जनाइएको छ । साथै यस भ्रमणका क्रममा उहाँले हिजो पनि विभिन्न उच्च सैनिक अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो । त्यस्तै उहाँले गोरखा सैनिक स्मारकमा पुष्प गुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको पनि निर्देशनालयले जनाएको छ ।

प्रकाशित : २१ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६