ब्रेकिंग न्युज

विजयनगरमा १ सय ३० प्वाइन्ट रगत संकलन, रक्तदान प्रति सामाजिक सहभागिता बढाउने पहल



प्रेसपाटी डेक्स
कपिलवस्तु २० कात्तिक

कपिलवस्तुको विजयनगर गाउँपालिकाको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रमबाट १ सय ३० प्वाइन्ट रगत संकलन भएको पालिकाले जनाएको छ। मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा गाउँपालिका–६, खुरुहुरियास्थित आधारभूत स्वास्थ्य सेवा अस्पताल, बैदौलीमा कार्यक्रम आयोजना गरिएको हो।

‘रक्तदान जीवनदान ! तपाईंको एक थोपा रगत, कसैको नयाँ जीवन !’ भन्ने सन्देश सहित कार्तिक २० गते शुक्रबार बिहान ९ बजेदेखि सुरु भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
रक्तदानलाई व्यक्तिगत परोपकारका रूपमा मात्र नभई सामुदायिक स्वास्थ्य सुरक्षा र मानवीय सहयोगको महत्वपूर्ण माध्यमका रूपमा स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। विशेषगरी आकस्मिक दुर्घटना, शल्यक्रिया तथा जटिल स्वास्थ्य अवस्थाका बिरामीलाई आवश्यक पर्ने रगतको उपलब्धतामा सहयोग पु¥याउने अपेक्षा सहित कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा रक्तदान गर्ने व्यक्तिहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। रक्तदातालाई प्रमाण पत्रसहित सम्मान गर्नुले रक्तदानप्रति सकारात्मक सोच विकास गर्न र आगामी दिनमा थप व्यक्तिलाई यस अभियानमा सहभागी हुन प्रेरित गर्ने विश्वास आयोजकले लिएको छ।
रगतको आवश्यकता जुनसुकै बेला पर्न सक्ने भए पनि यसको कृत्रिम उत्पादन सम्भव नहुने भएकाले स्वेच्छिक रक्तदान नै रगतको नियमित आपूर्तिको महत्वपूर्ण आधार भएको पालिका अध्यक्ष गोपाल थापाको भनाई रहेको छ । त्यसैले रक्तदानलाई कुनै विशेष दिवस वा औपचारिक कार्यक्रममा मात्र सीमित नराखी समुदायको नियमित सामाजिक अभियानका रूपमा विकास गर्नुपर्ने आवश्यकता देखिएको पालिका अध्यक्ष थापाको भनाइ रहेको छ ।

विजयनगर गाउँपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य तथा मानवीय सेवासँग सम्बन्धित गतिविधिलाई प्राथमिकता दिँदै आएको जनाएको छ। कार्यक्रममा प्राविधिक सहयोग पु¥याउने नेपाल रेडक्रस सोसाइटी रुपन्देहीप्रति गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आभार व्यक्त गर्नु भएको छ ।
स्थानीय तहको नेतृत्व, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्था र नागरिकबीचको सहकार्यबाट रक्तदानजस्ता जीवनरक्षासँग प्रत्यक्ष जोडिएका अभियानलाई प्रभावकारी बनाउन सकिने सन्देश कार्यक्रमले दिएको पालिकाले जनाएको छ ।

प्रकाशित : २१ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६