देश

अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड



वीरगन्ज (पर्सा), २१ कात्तिक

सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ । टेलिकमले हुलाक सेवामार्फत पर्सा जिल्लाभरिका सेवाग्राहीको घरमै नेपाल टेलिकमको सिमकार्ड पुर्‍याउने गरी हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सेवाग्राहीलाई सहज रूपमा घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले सिमकार्ड वितरण सुरु गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत नमनाथ यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल टेलिकमको अनलाइन फाराम भरेपछि सेवाग्राहीले हुलाक सेवामार्फत घरमै सिमकार्ड प्राप्त गर्न सक्नेछन् । यो सेवाको सुरुवातसँगै सिमकार्ड लिन टेलिकम कार्यालय वा अन्य वितरण केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ । अब नागरिकले घरमै बसेर सरकारी सेवा प्राप्त गर्न सक्नेछन् । सेवा सुरु भएसँगै हुलाक कार्यालयका कर्मचारीले वीरगञ्ज महानगरपालिका–१० रानीघाट निवासी किरणकुमारी चौहानको घरमै पुगेर पहिलोपटक सिमकार्ड उपलब्ध गराउनुभएको छ । हुलाक सेवा विभाग पर्साले अहिलेसम्म चिठीपत्र, पार्सल, द्रुत डाँक सेवा (ईएमएस), र हुलाक बचत बैंकसम्बन्धी सेवाहरू मात्रै गर्दै आएको थियो । त्यसैगरी हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको नयाँ सम्झौताअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) लगायत महत्त्वपूर्ण सरकारी कागजातहरू हुलाकमार्फत ढुवानी र वितरण गर्ने काम पनि हुँदै आएको छ । विभागले हुलाक वस्तु तथा पार्सलहरू कहाँ पुगे भनेर अनलाइनबाटै हेर्न मिल्ने गरी ट्र्याकिङ प्रणालीलाई पनि थप व्यवस्थित बनाइएको जनाएको छ । —

प्रकाशित : २२ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६