कपिलवस्तु ९ मंसिर
कार्तिक शुक्ल पूर्णिमाको अवसरमा कपिलवस्तुका १९ स्थानमा परम्परागत मेला लागेको छ । जिल्लाका विभिन्न नदी, घाट तथा धार्मिक स्थलमा मंगलबार बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको हो । बाणगंगा नदीअन्तर्गत रामघाट, लक्ष्मणघाट, मनोहरापुर, बर्गदीघाट र कजराहवामा मेला लागेको छ ।

। यस्तै, यशोधराको बेलसापुर, पसोहिया पुल र तिर्खिखी, शिवराजको ककराहवा घाट र लक्ष्मणघाट, विजयनगरको समेरीघाट र शंकरपुर नहर क्षेत्रमा पनि मेला लागेको छ ।त्यसैगरी कृष्णनगरको सुरही खोला, चरगहवा र महदेवा, बुद्धभूमिको महदेवाघाट, चौरगहवा र रामघाट तथा महाराजगञ्जको गैगाडीमा श्रद्धालुहरू भेला भएका थिए । विशेषगरी कपिलवस्तु नगरपालिका–३ स्थित रामघाटमा १० हजारभन्दा बढी श्रद्धालुले स्नान गरेका छन्। जिल्लाकै पुरानो धार्मिक मेलाका रूपमा परिचित रामघाटमा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएका थिए । सोमबार रातिदेखि नै रामघाटमा जम्मा भएका श्रद्धालुले रातभर भजनकीर्तन, पूजापाठ र जाग्राम बसेर बिहान नदीमा स्नान तथा रामजानकी मन्दिरमा पूजाआजा गरेका थिए । कार्तिक पूर्णिमामा नदीमा स्नान र दान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। मेलालाई व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन गरिएको थियो भने जिल्लाका १० मध्ये सात स्थानीय तहले सार्वजनिक बिदा दिएका थिए । श्रोत बुद्ध दर्पण राष्ट्रिय दैनिक









प्रतिक्रिया