काठमाडौं, ७ जेठ । नेपाली काँग्रेसले सरकारले अशक्त, अपाङ्गता र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता तत्कालका लागि रोक्ने निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले आज एक विज्ञप्ति जारी गरी संविधानले नै अशक्त, अपाङ्गता तथा एकल महिला सामाजिक सुरक्षाबाट वञ्चित हुन नमिल्ने व्यवस्था गरेकाले तत्काल उक्त…