ओखलढुंगा, ४ जेठ । नेपाली काँग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले ओखलढुङ्गा जिल्लाभरका लागि स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । खतिवडाले स्यानिटाइजर, क्लोरिन, मास्क, पिपिइसहितका रु चार लाख बराबरको सामग्री सहयोग गर्नुभएको हो । देशमा कोरोनाको सङ्क्रमण दर बढिरहेका बेला आफ्नो गृहजिल्लामा कोरोनाविरुद्धको अभियानलाई बलियो बनाउन जोखिम मोलेरै स्वास्थ्य सामग्री लिएर जिल्ला आएको उहाँले बताउनुभयो…