अर्घाखाँची २१ फाल्गुन । अर्घाखाँचीलाई पुर्वपश्चिम राजमार्गसंग जोड्ने मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड आज देखि दैनिक ९ घन्टा बन्द हुने भएको छ । सडक स्तरोन्नती गर्न सन्धिखर्कको घुम्तीदेखी भुवनपाटा सम्मको ८ किमी सडक दैनिक नौ घन्टा बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा बसेको सर्ब पक्षिय बैठकले साँघुरा घुम्ती र सडकको चापलाई ध्यानमा राख्दै…