दिपिका सुनार कपिलवस्तु, १८ मंसिर १६ औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ आजदेखि बाणगंगा नगरपालिका–४, जीतपुरस्थित बुद्ध रंगशालामा सुरु हुँदैछ। बुधबार पत्रकार सम्मेलनमार्फत महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको हो। बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष तथा महोत्सव संयोजक राजकुमार खाँणले महोत्सवलाई ऐतिहासिक र भव्य बनाउने लक्ष्यसहित सबै तयारी सम्पन्न…