भैरहवा १४ माघ । बुद्ध स्थलहरु (बुद्ध सर्किट) को पर्यटन प्रवर्द्धनकालागि पहिलो पटक आयोजना गरिएको ‘बुद्धज्ञान साइकल यात्रा–२०८०’ मा २ सय ५० जना स्वदेशी र विदेशी साइकल यात्रीले यात्रा सम्पन्न गरेका छन् । रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा रहेका भगवान बुद्धसँग सम्बन्धित स्थलहरु (बुद्ध सर्किट) को पर्यटन प्रवर्द्धन गर्न र साइकलको प्रयोगबाट हुने फाइदाका बारेमा…