जीवनशैली

संगठन चुस्त पर्दै चुनाव केन्द्रित हुन पोखरेलको आग्रह



कृष्णनगर १८ पुस ।कपिलवस्तु १८ पुस।नेकपा कृष्णनगर कमिटिको आयोजनामा शुक्रवार भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । भेलालाई सम्वोधन गर्दै जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य झविलाल पोख्रेलले संगठन बलियो बनाउन र चुनाबमा लाग्न आग्रह गर्नु भएको छ । प्रधानमन्त्री केपी ओलीले बाध्य भएर प्रतिनिधि सभा विघटन गरि जनता सामु आएको समेत उहाँले बताउनु भयो ।
      कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शुसिल कुमार श्रीवास्तवले नेकपाले मधेशी समुदायको अधिकार सुनिश्चित गर्ने भएकोले बेलैमा नेकपामा संगठित हुन सबैलाई आग्रह गर्नु भयो ।
युनिस प्रसाद कोरीको अध्यक्षता र जोतिरमय श्रीवास्तवको सञ्चालनमा भएको कार्यक्रममा प्रचार विभाग प्रमुख एल्पी बेल्बासे , जिल्ला कमिटि सदस्य महादेव पोख्रेल लगायतले बोल्नु भएको थियो ।
     उत्साहजनक सयौंको उपस्थिती रहेको कार्यक्रममा अन्य पार्टीका ५० जना कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।

प्रकाशित : १८ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६