अर्थ-वाणिज्य

वर्षाका कारण बुटवलको प्रदर्शनी स्थगित



बुटवल १५ पुस – वर्षाका कारण बुटवलमा जारी चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला स्थगित भएको छ । मंगलबार रातिदेखि परेको वर्षा नरोकिएपछि बुधबार मेला बन्द गरिएको हो ।

उद्योग व्यापार संघ बुटवलको आयोजनामा सञ्चालित मेलामा बुधबार हुने सांस्कृतिकसहित सबै कार्यक्रम स्थगित गरिएको संघका अध्यक्ष एवं मेलाका संयोजक गोविन्दप्रसाद गैरेले जानकारी दिनु भयो ।वर्षाका कारण बुधबारका सबै कार्यक्रम स्थगित भएको छ’, गैरेले भन्नु भयो ‘वर्षा रोकिएपछि बिहीबारदेखि मेला सञ्चालन हुन्छ ।’

स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण नाराका साथ पुस ८ गते सुरु भएको मेलामा ४ सय ७० स्टल रहेका छन् ।वर्षाका कारण स्टलहरुमा धेरै नभएको मेला सचिवालय संयोजक संघका महासचिव पदम जिसीले बताउनु भयो । पुस २० गते चल्ने मेलामा दैनिक करिब ३ करोड रुपैयाँको कारोबार हुने गरेको उहाँले बताउनु भयो ।

प्रकाशित : १४ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६