अर्थ-वाणिज्य

कृषि सामग्रीका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध एक अर्बभन्दा बढी बिगो माग गर्दै मुद्दा दायर



काठमाडौं १८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी किनेको भन्दै कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध एक अर्बभन्दा बढी बिगो माग गर्दै विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।

सरकारले तोकेको मापदण्डभन्दा न्युन गुणस्तरको डीएपी खरिद गरेको भन्दै कृषि सामग्री लिमिटेडका तत्कालिन पदाधिकारीविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा बिगो माग गरिएको छ ।

आपूर्तिकर्तालाई निकासा भएको रकम बराबर बिगो माग भएको हो ।

लिमिटेडका कर्मचारी र आपूर्तिकर्ताको मिलेमतोमा अनियमितता भएको निष्कर्ष आयोगले निकालेको हो ।

आयोगका अनुसार कृषि सामग्री लिमिटेडले डीएपी परीक्षणका लागि प्रमाणपत्रसमेत अद्यावधिक नगरेको नेपाल इनभारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसलाई बिना प्रतिस्पर्धा छनोट गरेको थियो ।

आयोगकाअनुसार कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उप—प्रबन्धक पुष्कर दिप बुढाविरुद्ध उक्त बिगो दावी गरिएको छ ।

यसैगरि नेपाल इनभारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसका प्रबन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा, परामर्शदाता भोलानाथ चौधरी तथा उक्त कम्पनीसँग लिमिटेडका तर्फबाट हस्ताक्षर गर्ने मनोज आचार्यविरुद्ध पनि एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा विगो दावी गरिएको छ ।

यसैगरि आपूर्तिकर्ता जोशी बिज हाउस प्राइभेट लिमिटेड र उसका कार्यकारी निर्देशक विनित जोशीविरुद्ध पनि एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ७२ पैसा बिगो दावी गरिएको छ ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६