लुम्बिनी

बाढीपीडितका लागि कपिलवस्तु नगरपालिकाले ५१ लाख ११ हजार सहयोग गर्ने



कपिलवस्तु १७ भदौं

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कपिलवस्तु नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगर कार्यपालिकाको बैठकले एकमुष्ट उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख सुदीप पौडेलले जानकारी दिनुभयो। नगर प्रमुख पौडेलका अनुसार सहयोग रकममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको योगदानसमेत समेटिएको छ।


नगर प्रमुख पौडेलले प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा स्थानीय तह र नागरिकबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो।
विपद् व्यवस्थापन, राहत तथा पुनःनिर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले उक्त निर्णय गरेको जनाएको छ।
नगरपालिकाले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै बाढीबाट घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत, उद्धार र पुनःनिर्माणका कार्यमा सहयोग गर्न सबैमा आग्रह गरेको छ।
सन्देशः विपद्को समयमा सरकारी निकायको आर्थिक सहयोगसँगै जनप्रतिनिधि, कर्मचारी, शिक्षक र नागरिकको सामूहिक योगदानले प्रभावित समुदायको राहत र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्न सक्छ।

प्रकाशित : १७ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६