काठमाडौं, २ जेठ । काठमाडौं उपत्यकामा आज (आइतबार) देखि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाइँदै छ ।वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज खोप लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सक्ने उल्लेख छ ।यसको लागि काठमाडौ महानगरपालिकाका ३२ वटा वडासहित अन्य…