कपिलबस्तु ३० फागुन ।जिल्लामा २ लाख घुस सहित एक जना पक्राउ परेका छन् । जिल्ला अदालत कपिलबस्तुमा कार्यरत दोभासेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । सेवाग्राहीसगँ ठगी मुद्दाको सहजीकरण गरिदिने भन्दै घुस लिदै गर्दा अदालतका दोभासे विश्वनाथ कुर्मी चौधरीलाई रंगेहात नगद सहित पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले…