लुम्बिनी, २४ बैशाख । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार पारिएको बंगैचामा मंगलबार विश्वशान्तिको कामना गर्दै पाठ गरिएको छ । बगैंचा परिसरमा निर्माण गरिएको चैत्य प्राणप्रतिष्ठान तथा महायानी बौद्ध परम्पराअनुसार प्राणीजगतको कल्याणको कामना सहित पाठ गरिएको हो । रुस–यूक्रेन युद्धबाट शान्ति खोज्दै बुद्धजन्मस्थल लुम्बिनीमा रसियन बुद्धिष्ट ओलिग बर्तुनोभ सहितका समुदायले बगैचा तयार पारेका…