काठमाण्डौ ५ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले भूमिहीनको विवरण सङ्कलन गर्दा राजनीतिक भेदभाव नगर्न भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।भूमिसम्बन्धी समस्या समाधान आयोगको ‘वार्षिक प्रगति समीक्षा एवम् वार्षिक प्रतिवेदन २०७७’ सार्वजनिक गर्न आइतवार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाम्फेले केही पालिकामा यस्तो समस्या देखिएको गुनासो…