वि.वि.सि. असार, १८ ।बोत्स्वानामा दुई महिनामा सयौँ हात्ती मृत अवस्थामा फेला परेका छन्। त्यति ठूलो सङ्ख्यामा हात्तीहरू के कारणले मरे भन्ने थाहा हुन सकेको छैन। संरक्षणकर्मी डा। नाईअल मक्कानका अनुसार उक्त दक्षिणी अफ्रिकी देशको ओकाभाङ्गो डेल्टा क्षेत्रमा उनका सहकर्मीहरूले गत मे महिनाको आरम्भदेखि ३५० वटाभन्दा बढी हात्तीका शव फेला पारेका हुन्। सरकारले हात्तीको मृत्युको कारण…