गुल्मी १६ पुस । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार खर्च तिर्न नसकेर तीन दिनदेखि अलपत्र बालकको उद्धारमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मानै लागेकी छन् । रेसुंगा नगरपालिका २ का १६ बर्षीय बालक सुनिल विक अस्पतालमा अलपत्र छन् । उनी ०७७ पुस ३ गते अटो दुर्घटनामा परेर गम्भीर घाइते थिए । ती बालकलाई उद्धार गर्न शर्माको सक्रियतामा बुधबार…