बुटवल ३० मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताउनुभएको छ । नेकपाका महासचिवसमेत रहनुभएका अर्थमन्त्री पौडेलले आज आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास गर्नुहुँदै आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने समेत बताउनुभयो । अर्थमन्त्रीले भन्नुभयो, ‘‘प्रधानमन्त्री केपी…