कपिलवस्तु, १८ भदौ।बाणगंगा नगरपालिका–६ भगलापुरका युवा समाजसेवी स्वर्गीय शेखर भुसालको स्मृतिमा लक्ष्मणघाट माध्यमिक विद्यालयमा एक लाखको अक्षयकोष स्थापना भएको छ । विद्यालयका पूर्व विद्यार्थी स्वर्गीय भुसालको सम्झनामा उहाँका परिवारजनले कोषको स्थापना गर्नुभएको हो ।विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहनुभएका स्वर्गीय भुसालका बुवा धर्मराज भुसाल, आमा निर्मला भुसाल र श्रीमती विन्दु अर्याल (भुसाल)ले संयुक्त रुपमा उक्त कोषको…