काठमाडौं २५ वैशाख। भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी कमिसनर आरके मीनाका अनुसार, तीन जनाको घटनास्थलमै र बाँकी पाँच जनाको किंग जर्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।अहिलेसम्म ग्यास के कारणले लिक भएको हो भन्ने खुल्न सकेको छैन । प्लान्टको व्यवस्थापनविरुद्ध मुद्दा…