कपिलवस्तु ३० चैत । नेपाल सरकारको उद्योग मन्त्रालय र कपिलवस्तुको बाणगंगा नगरपालिका बीच भलवाडमा औद्योगिक ग्राम वनाउन एक सम्झौता पत्रमा हस्ताक्षर गरिएकोछ । मन्त्रालयका औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख एवम सह सचिव बलराम रिज्याल र कार्यवहाक मेयर चक्रपाणी अर्याल बीच संझौता पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनाल…